बिराटनगरमा ११ औँ प्याब्सन स्पोर्टस मिट २०७६ हुँदै

मंसिर ३०, विराटनगर ।  अनुशासन मैत्री स्वास्थ्य र शान्तिका लागि खेल भन्ने मुल नाराका साथ  प्याब्सन मोरङको आयोजनामा  ११ औँ प्याब्सन स्पोर्टस मिट २०७६ हुने भएको छ ।   

प्याब्सन मोरङले विराटनगरमा सोमाबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएको हो ।   

आगामी पौष ३ गते  विराटनगरस्थित शहिद रंगशालामा हुने उक्त प्रतियोगितामा मोरङ जिल्लाका प्याब्सन सदस्य २ सय ५० वटा विद्यालयहरुका २ हजार भन्दा बढि खेलोडीहरु सहाभागी हुनेछन् । भने अनुमानित १ लाख बढी खेल प्रेमीहले प्रत्यक्ष अवलोकन गर्ने प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले जनाए ।   

प्याब्सन स्पोर्टस् मिट प्याब्सन मोरङको मात्र नभई  प्रदेश १ वासीको गौरव र विशेष गरी मोरङवासीहरुका लागि ऐतिहासिक  आयोजना रहेको बस्नेतको भनाई छ ।   

उनका अनुसार उक्त खेलकुद प्रतियोगिता संचालनका लागि अनुमानित १५ लाख  लागत लाग्ने बताए ।  उक्त खेलकुद प्रतियोगिताको समुद्घाटन  आगामी पौष ३ गते प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीले गर्ने आयोजकले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *