स्वस्तिमाकाे ‘चपली हाइट ३’ को छायाँकन सकियो

पुस ७, काठमाडौँ ।  चैत २८ गते प्रदर्शन मिति तोकिएको चलचित्र फिल्म ‘चपली हाइट ३’ को छायाँकन सकिएको छ । 

निकेश श्रेष्ठले निदेर्शन गरेको यस चलचित्रको  ३२ दिनमा छायाँकन सकिएको चलचित्रका  निर्माता अर्जुन कुमारले जानकारी दिए । 

उनले यस चलचित्रको एउटा गीतको छायाँकन गर्न बाँकी रहेको र केही दिनमा नै सो गीतको छायाँकन गर्ने बताएका छन् ।  निर्माता  कुमारका अनुसार सबै प्राविधिक र कलाकारको साथले चलचित्रको छायांकन समयमै सकिन सफल भएको हो ।   

Image result for चपली हाइट ३

चलचित्र ‘चपली हाइट ३’को छायाँकन  काठमाडाैँ र यसको आसपासको क्षेत्रमा गरिएको उनले बताए ।  दुई सिरिजको सफलतापछि निर्माता कुमारले तेस्रो सिरिजको रुपमा बनाएको यस चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । 

 सस्पेन्स थ्रीलर कथामा  ‘चपली हाइट ३’ को निर्माण गरिएको  बताईएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *