अक्षयकाे गुड न्यूजले बक्स अफिसमा मच्चायाे धमाका

पुस १४, भारत । अक्षय कुमार, करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ ।  

फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो भने दोस्रो दिन अर्थात् शनिबार गुड न्यूजले जबर्जस्ती कलेक्सन गरेको छ । अक्षय कुमारको फिल्मले कमाईको मामलामा सलमान खानको ‘दबंग थ्री’ लाई कडा टक्कर दिनुका साथै पछि पारेको छ । 

बक्स अफिस इन्डिया डट कम वेबसाइटका अनुसार अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले दोस्रो दिन २१ देखि २२ करोड भारुको दमदार कमाई गर्यो । फिल्मले दुई दिनमा नै ४० करोड भारुको आँकडा पार गरेको छ । फिल्मको कमाई हेर्दा यसले चाँडै नै सय करोड भारुको आँकडा पनि पार गर्ने अनुमान धेरैले गरेका छन् । एजेन्सी 

Related image

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *