रिसको झोंकमा तरकारीमा बिष हालेर परिवारलाई खुवाउँदा आफ्नै मृत्यु

पुष १, बीरगञ्ज । बीरगञ्जमा घरयासी झगडामा तरकारीमा बिष हालेरआफू सहित परिवारलाई खुवाउँदा आफै एक महिला मृत्युको मुखमा पुगेकी छिन् ।   

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मी  रहेकी प्रहरीले जनाएको छ ।  सोमबार बिहानको खाना पकाउने विषयमा  र सौतेनी  छोरी मनिषासँग उनको झगडा हुँदा उनले आक्रोशमा गहुँबालीमा छर्ने बिषादी तरकारीमा हालेर पकाएकी थिईन् ।   

उक्त विष हालेर पकाएको तरकारी आफू सहित परिवारको सदस्यलाई खुवाएपछी उनी, उनको नाबालक छोरा र ३ सौतेनी छोरा र १ छोरी  गरी ५ जना पनि सिकिस्त बिरामी भएका थिए ।   

Image result for बिष

गम्भीर बिरामी भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि गएराति नै वीरगन्जको तराई अस्पतालमा पुरयाइएको थियो भने उपचारको क्रममा अस्पतालमा उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार हाल बिरामीहरुको उपचार वीरगन्जको नेशनल मेडिकल कलेजमा  भईरहेको र बिरामीहरुको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =