रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्या बढ्दै

मंसिर २३, काठमाडौं । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ । 

श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो । गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर  १ हजार ४८३ पुगेको छ ।  

अघिल्लो वर्षको तथ्याकंअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो । यो समाचार कारोबार दैनिकले छापेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =