एकै परिवारका तीन जनाको हत्या गरी फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ
२०७६ पुस ७ गते

पुष ७, जनकपुर । एकै परिवारका तीन जनाको हत्या गरी फरार प्रतिवादी ३२ वर्षपछि सिराहाबाट परेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सिराहा नगरपालिका २० निवासी ६८ वर्षीय हिरबा सहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले सहनीलाई घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका सहनीलाई जिल्ला अदालतमा पेश गरेपछि सिराहा कारागारमा चलान गरिएको प्रहरीले जनाएको छ ।
null
प्रहरीका अनुसार सहनीले २०४४ साल पुस १३ गते अर्नमा गाउँपालिका-५ का जगदेव यादवका दुई छोरा र एक नातिनीको हत्या गरेका थिए ।
२०७६ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








