प्रदेश ५ का उपप्रमुखले बुझे राजधानी र नामाकरण समितिको प्रतिवेदन

मंसिर ३०, बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन आज प्रदेशसभा सचिवालयमा बुझाएको छ । 

समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम ठाउँ सिफारिस गरेर आज उपसभामुख कृष्णी थारु र प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनमगरलाई समितिका संयोजक दिपेन्द्र पुनले प्रतिवेदन बुझाएका हुन् ।  सभामुख पूर्णबहादुर घर्ती बुटवल बाहिर रहेको कारण उपसभामुख रसचिवलाई प्रतिवेदन बुझाएको समितिले जनाएको छ । बुझाएका हुन् । 

प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुंगो लगाउने संवैधानिक व्यवस्था छ । लुुम्बिनी र स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको बताइएको छ ।   

null

 आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिँदै आज बुझाउने निणय गरेको थियो । 

प्रतिवेदन आगामी अधिवेशनमा प्रस्तुत हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fourteen =