एनसीसीको रंगेली शाखा संचालनमा

पुस १३, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले मोरङमा नयाँ शाखा विस्तार गरेको छ ।   

बैंकले मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ रंगेलीमा आज (सोमबार) १२१ औं शाखा सञ्चालनमा ल्याएको हो ।   

रंगेली र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *