पाल्पामा टिप्पर दुर्घटनाः सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर
२०७६ मंसिर २२ गते

मंसिर २२, बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
नवलपरासीको अरुणखोलाबाट इँटा लोड गरी निस्दीको काउलेतर्फ आउँदै गर्दा पाल्पाको निस्दी गाउँपालिका–३ धार्केसिङ्गमा प्रदेश नम्बर ३,०–१–००–३ क ४४५६ नम्बरको टिप्पर दुर्घटना हुँदा सहचालकको ज्यान गएको हो ।
टिप्पर सडकदेखि १ सय २० मिटर तल खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेमा जाजरकोट साविक खालारहि गाविस ८ का २३ वर्षीय टेकबहादुर बुढा मगर रहेका छन् ।

गम्भीर घाइते भएका टिप्पर चालक सुर्खेत शिवालय गाउँपालिका का ३८ वर्षीय दिलबहादुर थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








