काठमाडौँमा किर्ते गर्ने अधिकृत भण्डारी पक्राउ
२०७६ पुस ४ गते

पुस ४, काठमाडौँ । प्रहरीले किर्ते गरेको आरोपमा काठमाडौँमा एक अधिकृत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मीनभवन मालपोतका शाखा अधिकृत स्टालिन भण्डारी रहेको काठमाडौं प्रहरी परिसरले जनाएका छन् ।
पक्राउ परेका भण्डारीमाथी झापामा कार्यरत हुँदा सरकारी लिखत कीर्ते गरेको आरोप लागेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सरकारी लिखत कीर्ते गरेकाेले झापा जिल्ला प्रहरीबाट पक्राउका लागि पत्राचार भएपछी उनलाई पक्राउ गरी झापा पठाउने तयारी भइरहेको छ ।
२०७६ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








