बलात्कारका आरोपीत सिद्धबाबाको मुद्दा हेर्दाहेर्दैमा, संभवतः भोली फैसला आउने

पुस १३, काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका सुनसरी बराहक्षेत्रका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको थुनछेकको बहस नसकिएकोले हेर्दा हेर्दैमा राखिएको छ ।
आज सुनसरी अदालतमा आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको गम्भीर अभियोग लागेका सिद्धबाबा भनिएका कृष्णदास गिरीको मुद्दा बहस नसकिएपछि ’हेर्दा हेर्दै’को सुचीमा गएको छ ।
पीडक गिरी तर्फका वकिलहरुको बहस आइतबार नसकिए पछि भोली सोमबारको लागि मुद्दा हेर्दा हेर्दैको सुचीमा राखिएको सुनसरी जिल्ला अदालते जनाएको छ ।

पीडकतर्फका २ जना वकिलको वहस बाँकी भएकोले सोमबार पुनः बहस हुनेछ । आज बिहान ११ बजेबाट सुरु भएको थुनछेक बहसमा पीडित महिला तर्फका वकिलहरुले वहस गरिसकेको र गिरीतर्फका वकिलहरुको बहस अझै बाँकी छ ।
जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलासहित ८ जनाले पीडित महिलाकोतर्पmबाट वहस गरेका थिए । उनीहरुको बहस सकिएपछि प्रतिवादी गिरी तर्फका वकिलहरुले बहस सुरु गरेका थिए । जवर्जस्ती करणीको अभियोग लागेका कृष्णदासको पक्षबाट ५ जना वकिलहरु छन् । ती मध्ये ३ जनाको बहस सकिएको र भोली २ जनाले बहस गर्नेछन् । गिरीका तर्फबाट अधिवक्ताहरु मोहन कोइराला, रुपेश कोइराला र दीपक खतिवडाको बहस भने बाँकी छ ।
गिरीलाई सुनसरी जिल्ला अदालतले सादा तारिक, धरौटी वा पुर्पक्षका लागि कारागार चलान मध्ये कुनै एक फैसला गर्न सक्छ । अभियोग प्रमाणित भएमा गिरीलाई ७ देखि १० वर्ष सम्म जेल सजाय हुन सक्ने छ । आरोपित गिरी अहिले विराटनगर स्थित विराट मेडिकल अस्पतालमा हृदयघातको विरामी बनेर उपचार गराईरहेका छन् ।








