राजपालाई सरकारमा नजान उपेन्द्र यादवको यस्तो सुझाव

पुष ९, काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) लाई आत्मघाती काम नगर्न सुझाव दिएकका छन् । उनले राजपालाई सरकारमा नजान भनेका हुन् ।  उपप्रधान एवं कानुन, न्याय तथा संघीय मामिला मन्त्रीबाट राजीनामा दिएका समाजवादी पार्टीका अध्यक्ष यादवले राजपालाई सरकारमा गए आत्मघाती काम हुने बताए ।   

बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा यादवले राजपा सरकारमा गएर आत्मघाती काम गर्ला भन्ने आफूलाई नलागेको बताए । उनले आफ्नो प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि राजपाले पनि त्यही एजेण्डा लिएर सरकारमा जानु आत्मघाती काम गर्नु भएको बताए ।   

यस्तै यादवले समाजवादी पार्टीले अब संविधान संशोधनका लागि संसद र जनसंघर्षको बाटो अपनाउने चेतावनी समेत दिएका छन्। 

यसैगरि पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको संसदीय शासन प्रणालीमै खोट रहेको भन्दै त्यसमा सुधार हुने पर्ने बताए। 

भट्टराईले भने, ‘संविधान संशोधन गरेर पहिचानमा आधारित प्रदेश र शासन प्रणालीमा सुधार हुनुपर्छ। त्यसको पक्षमा समाजवादी पार्टीले निरन्तर संघर्ष गर्छ।’ 

आफ्नो प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि समाजवादी पार्टीको तर्फबाट सरकारमा रहेका उपप्रधान एवं कानुन, न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =