पीपीएल क्रिकेट : काठमाडौं गोल्डेनलाई चितवनले दियो १ सय ६८ रनको लक्ष्य
२०७६ पुस ८ गते

पुष ८, पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमाडौं गोल्डेन वारियर्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ।
पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर काठमाडौंले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले पूरा २० ओभर खेल्दै ४ विकेट जाँदा १ सय ६७ रन बनाएको हो।
ओपनर रोहन मुस्तफाले ५२ बलमा अविजित ५९ रन बनाए। उनले ६ चौका १ छक्का हाने।

बाबर हयातले ४७ बलमा ७० रन बनाए। उनले ३ चौका ६ छक्का हानेका थिए। उनले मुस्तफासँग १ सय १९ रनको साझेदारी गरेका थिए। आरिफ शेखले ९ बलमा १ छक्कासहित १५ रन बनाए। शन्नि पटेलले ८ बलमा १५ रन बनाए।
काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले एक–एक विकेट लिएमा छन् ।
२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








