पायल्स के हो ? यस्ता छन् यसका कारण र उपचार

मंसिर ३०, काठमाडौं । पायल्स यस्तो रोग हो जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ । 

यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् ।खानपिन र जीवनशैलीका कारण धेरैजसो मानिसलाई पायल्सको समस्या हुने गर्दछ तर यसको पछाडि वंशानुगत इतिहास पनि हुनसक्छ । 

पायल्स हुने ५ कारणः 

null

१. कब्जियतः 

यो पायल्स हुने सबैभन्दा ठूलो कारण हो । पेट राम्रोसँग सफा नहुँदा गुद्वारमा मासुको डल्लो पलाउने गर्दछ । 

२. बसेर गर्नुपर्ने कामः 

धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ । 

३. गर्भावस्थाः 

गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्दछ । यसले गर्दा थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ । 

४. जीवनशैलीः 

धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुरा धेरै खाँदा पनि पाचन क्रिया बिग्रने गर्दछ र पायल्स हुने गर्दछ । 

५. वंशानुगतः 

परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ । 

उपचारका तरिकाः 

* नीमको कोमल पातलाई घ्यूमा भुटेर त्यसमा थोरै कपुर हाल्नुहोस् र पायल्सको मासुमा लगाउनुहोस् । 

* कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँदा पाइल्सबाट राहत पाइन्छ । 

* लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाउँदा केही दिनमा फाइदा हुनथाल्छ । 

* तुलसीको पातलाई पानीसँग पिसेर लगाउँदा जलनबाट राहत महसुस हुन्छ । पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ । 

* अमलाको पाउडरलाई पानीमा घोलेर रातभरी माटोको भाँडोमा राख्नुहोस् । बिहान मिश्री मिसाएर पिउनुहोस् । 

* काँचो प्याजलाई मसिनो आँचमा भुट्नुहोस् । यसको पेस्ट बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनभित्र फाइदा हुन्छ । 

* चियाको पत्ती पिसेर पेस्ट बनाउनुहोस् र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउनुहोस् । केही दिनमा मासु सुक्नेछ । 

* एक मुट्ठी कालो तिललाई एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्सको समस्यामा फाइदा पुर्याउँछ । 

* मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *