किन पुगिन् निरुता इन्डियन आइडलको सेटमा ?

पुस ३, काठमाडौँ । एक समयकी चर्चित नेपाली नायिका निरुता सिंह भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’मा पुगेकी छिन् ।   

उनले आफू  इन्डियन आइडलमा गएको कुरा  इन्डियन आइडलको सेटमा खिचेकी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै सार्वजनिक गरेकी हुन् ।   

उनले उक्त फोटो तथा भिडियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा शेयर गर्दै लेखेकी छिन् । “इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद १” 

हाल मुम्बई बस्दै आएकी निरुताले  इन्डियन आइडलको सेटमा एक नेपाली नायिकाको हैसियतले पुगेकी हुन् ।  नायिका निरुताद्वारा अभिनित दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर, सिउँदोको सिन्दुर, चाँदनी जस्ता  चलचित्र निकै हिट रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *