मातृभूमिको माटो छोएर लिएको सपथ राष्ट्रहितको लागि होः आईजीपी खनाल

मंसिर २७, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी पेसा सेवाको पेसा भएको स्पष्ट पार्दै बर्दीमा दाग लगाउन नहुने बताएका छन् ।   

शुक्रबार प्रहरी तालिम केन्द्र महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १ सय ७९ को दिक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा आईजीपी खनालले यस्तो बताएका हुन् ।   

‘प्रहरी पेसा सेवाको पेसा हो । यसलाई पेसाको रुपमा मात्रै हेर्नु हुँदैन । प्रहरीको निलो बर्दीमा दाग लगाउनु हुँदैन । प्रयास गरेमात्रै पनि सह्य हुँदैन’, उनले भने ।   

Image result for प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

राष्ट्रले सुम्पिएका जुनसुकै जिम्मेवारीलाई प्रहरीले कुशलतापूर्वक निर्वाह आएको उनले प्रष्ट्याए । यस्तो गौरवमय सङ्गठनको सदस्य हुन पाउनु आफैमा सम्मानको विषय भएको उनको भनाइ थियो ।   

आईजीपी खनालले भने, ‘राष्ट्रको सिन्दुर शिरमा पहिरिएर मातृभूमिको माटो छोएर लिएको सपथ राष्ट्रहितको लागि हो । यो देशका नागरिकको सेवाको लागि हो । सपथसँगै अनैतिक कार्य र गैरव्यवसाय आचरणविरुद्ध उभिने आत्मविश्वास बनाउनुपर्छ ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *