पक्राउ परेका बैद्य समूहका नेता गजुरेल रिहा
२०७६ पुस १४ गते

पुष १४, काठमाडौं । आईतबार पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता(कार्यकर्ता रिहा भएका छन् ।
सीमा विवाद समाधानका लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाँदै गर्दा हिजो सिंहदरबार अगाडिबाट गजुरेलसहित उनको टोलीलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसैबीच रिहा पछि गजुरेलले सुनियोजित ढङ्गले प्रहरीले पक्राउ गरेका आरोप लगाएका छन् ।

२०७६ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








