ओखरडाँडा सुमो दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो (नामावलीसहित)

पुस १२, मकवानपुर । ओखरडाँडामा शुक्रबार दिउँसो भएको सुमो दुर्घटनामा मृतकको संख्या ५ पुगेको छ । 

हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जनाको घटना स्थलमानै मृत्युभएको थियो ।   

घटनास्थलमा मृत्यु हुनेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका ८ का ५८ वर्षीय नेत्रमान रुसाल (भुजेल), भुजेलका पत्नी ५२ वर्षीया भक्तकुमारी रुसाल र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ९ का केदार तिमल्सिना रहेका छन् । 

Image result for दुर्घटना

त्यस्तैमा दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहटको चन्द्रपुर नगरपालिका ९ का २१ वर्षीय मनिष विकको काठमाडौँको मनमोहन अस्पतालमा र सोही स्थानका २० वर्षीया सिर्जना विकको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँमा लगिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =