बुर्किना फासोमा चरमपन्थी हमला, ३५ सर्वसाधारणको मृत्यु

पुष ९, काठमाडौं । अफ्रिकी देश बुर्किना फासोमा भएको चरमपन्थी हमलामा ३५ सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षाबल र चरमपन्थीको दोहोरो मुठभेडमा ३५ सर्वसाधारण र ८० हमलाकर्ता मारिएको बताइएको छ । 

देशका राष्ट्रपति रोच मार्क काबोरले यसबारे जानकारी दिएका हुन् । अफ्रिकी देश बुर्किना फासोमा थुप्रै चरमपन्थी संगठन सक्रिय छन् र त्यहाँ रत्तपातपूर्ण घटना थुप्रै पटक भइसकेका छन् । 

चरमपन्थी हमलामा ३५ को मृत्युः 

राष्ट्रपतिले यो ठूलो चरमपन्थी हमलाको जानकारी ट्वीटरमा दिएका छन् । सुरक्षा बलसँगको मुठभेडमा ३५ सर्वसाधारणको मृत्यु भएको छ । मृतकमा धेरैजसो महिला छन् । बुर्किना फासोको सेनाले अरबिन्दा शहरमा एका बिहानै भएको उक्त चरमपन्थी हमलामा सुरक्षाबलका आठ जवान मारिएका छन् । मिडिया रिपोर्टमा यसलाई पछिल्लो पाँच वर्षमा भएको सबैभन्दा ठूलो चरमपन्थी हमला बताइएको छ । 

‘सेनाका ८ जवान पनि हमलामा शहीद’ 

सेनाको तर्फबाट जारी बयानमा भनिएको छ, ‘यो कायरतापूर्ण हमलामा आठ जवान शहीद भएका छन् । मारिएका व्यक्तिमा धेरैजसो महिला छन् र कूल ३५ को ज्यान गएको छ । सुरक्षा बलका हाम्रा जवानले चरमपन्थीहरुसँग पूर्ण साहससहित सामना गरे । हामी आफ्ना नागरिक र जवानका लागि मनैबाट समवेदना प्रकट गर्छौं ।’ 

देशका राष्ट्रपतिले चरमपन्थी हमलापछि २ दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । अहिलेसम्म कुनै पनि चरमपन्थी संगठनले हमलाको जिम्मेवारी लिएको छैन । अनुसन्धान एजेन्सीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । एजेन्सी   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *