धनुषाका शैक्षिक संस्था बन्द

२०७६ मंसिर २९ गते

मंसिर २९, धनुषा । धनुषा जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएकाे छ । महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै विद्यालयहरू आइतबार बन्द गरिने भएकाे हाे ।
संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा धनुषाभरिका नीजि विद्यालय र क्याम्पस बन्द गर्न लागिएको हो । समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने निर्णय भएको बताए ।

२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित