बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई फेरी तीन दिन म्याद थप

पुस ७, विराटनगर ।  मंसिर १६ गते  बलात्कारकाे आरोपमा पक्राउ परेका सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरीलाई फेरी तीन दिन म्याद  थप भएको छ ।   

सोमबार उनलाई जिल्ला अदालत सुनसरीले  तीन दिन म्याद थप गरी हिरासतमा राख्न आदेश दिएको हो ।   

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ गरिएको दिन उनलाई  सिद्धबाबालाई दिन चार दिनको म्याद थप गरेको थियो भने मंसिर २० गते दोस्रो पटक सात दिनको म्याद थप गरेको थियो ।   

Image result for सिद्धबाबा

त्यसैगरी मंसिर २७ गते तीन दिन र मंसिर ३० गते सात दिनको म्याद थप गरिएको थियो ।  

 जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार  सिद्धबाबाको प्रतिवेदन  अनुसन्धान गरी  सरकारी वकिलको कार्यायललाई पठाई सकिएको छ ।  समय अभावका कारण सरकारी वकिलको कार्यालयले सोमबार तीन दिन म्याद थप भएकाे उनले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =