बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  

पुस ८, झापा । मंगलबार बिहान झापामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।   

झापाको पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा बाटो काट्दै गरेकी एक महिलालाई ना ६ ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।   

Image result for बसको ठक्करबाट मृत्यु

 अन्दाजी ४६ वर्षको जस्तो देखिने मङ्गोल वर्णकी ती  मृतक महिलाको पहिचान भने खुल्न नसकिएको प्रहरीले जनाएको छ ।   

दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको  छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *