दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते

पुस ९, काठमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।   

तुल्सीपुरबाट भालुबाङ आउँदै गरेको रा१ख १४८९ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ को मुसोटखोला छेउमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।   

घाइतेमध्ये दुई जनालाई गम्भीर चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीले जानकारी दिए । उनीहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।   

Image result for दुर्घटना

ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =