वलात्कारीलाई समाउने महिलालाई सम्मान

पुष २ चितवन  । रत्ननगर १३ स्थित शक्तिशाली आमा समुहले वलात्कारमा सलग्न एक पीडकलाई समातेर प्रहरीको जिम्मा लगाउने एक महिलालाई सम्मान गरेको छ । 

 रत्ननगरकी १० वर्षियाा वालिकालाई ति पुरुषले वलात्कार गरेका थिए । हालै सम्पन्न लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन भएकै वेला बालिका वलात्कृत भएकी थिईन् ।  

समुहले सम्मान गरेको ति महिला वलात्कृत बालिकाकी आमा हुन् । अरुका लागि पनि प्रेरणा मिल्ने भएकाले ति महिलालाई सम्मान गरिएको शक्तिशाली आमा समुहकी अध्यक्ष विरञ्जना घिमिरेले जानकारी दिईन् । 

  समुहको मंगलवार सम्पन्न विषेश साधारण सभाको अवसरमा ति महिलालाई सम्मान गरेको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र शक्तिशाली आमा समुहकी अध्यक्ष घिमिरेले सम्मान प्रदान गरे । साधारण सभाले समुहको रिक्त रहेको उपाध्यक्ष,सहकोषाध्यक्ष लगायतको पद पूर्ति गरेको छ ।  

शक्तिशाली आमा समुहले महिललाई स्वरोजगार वनाउने,शीप सिकाउने,सरसफाई गर्ने लगायतका सामाजिक काम गर्दै आएको छ । गत तिहारमा दैउसी भैलो खेलेर संकलन गरेको करिव ४ लाख ५० हजारबाट भवन निर्माणको काम सुरु गर्ने समुहकी अध्यक्ष घिमिरेले वताईन् ।  

साधारण सभामा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल,नारी जागरण केन्द्रकी अध्यक्ष सपना बोहरा लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *