वजार व्यवस्थित गर्न राप्ती उद्योग वाणिज्य संघले देखायो चासो

पुष ०८, काठमाडौं । वजार व्यवस्थित गर्न राप्ती उद्योग वाणिज्य संघले चासो देखाएको छ ।
चितवनको राप्ती उद्योग वाणिज्य संघले नगर भित्रका अव्यवस्थित वजारहरु कुरुप देखिन थालेपछि व्यवस्थापनका लागि चासो देखाएको हो ।
फोहोर, अटो रिक्सा लगायतका कारण वजार अस्तव्यस्त हुन थालेपछि उद्योग बाणिज्य संघले सोमवार सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेको छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कडेंलले दिएको जानकारी अनुसार वजार व्यवस्थापनका लागि राप्ती नगरपालिकासंग सहकार्य गरेर काम गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा नगरपालिकाको खुरखुरे र बीरेन्द्रनगर चोकलाई व्यवस्थित गर्न छलफल गरिएको कडेंलले बताए । फोहोर, अटो रिक्सा,ठेलाहरु अव्यवस्थित रुपमा राखिदा मुख्य वजारहरु कुरुप जस्तै वनेको छ ।
फोहोर व्यवस्थापनका लागि उचित जग्गा नहुँदा राप्ती नगरपालिकालाई फोहोर चुनौतीको रुपमा देखिएको छ ।








