नेपाली सेना र प्रहरीका उच्च अधिकारीद्वारा आविष्कार केन्द्रको अवलोकन र सहयोग


पुस ३, काठमाडौं । डिआईजी राजिब सुब्बाले राष्ट्रिय आविष्कार केन्द्रमा सहयोग गरेका छन् ।
डिआईजीको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रसँग टेक्नोलोजीका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावित प्रोजेक्टहरुको बारेमा छलफलका लागि पुगेकाे ७ सदस्यीय प्राविधिक टोलीले ३० हजार सहयोग नगद महावीर पुनलाई हस्तान्तरण गरेको हाे ।
सो टोलीले त्यहाँ भइरहेका विभिन्न गतिविधिबारे पनि अवलोकन गरेका थिए ।
त्यस्तै नेपाली सेनाको अनुसन्धान तथा विकास निर्देशनालयबाट ब्रिगेडियर जनरल दीपक घलेको नेतृत्वमा तीन जनाको टीम समेत पुनको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा अवलोकनका लागि पुगेको थियो।
उनीहरुले नेपाली सेनाले गर्न लागेको विज्ञान तथा प्रविधि सम्बन्धी प्रतियोगितका विषयमा समेत आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग छलफल गरे । प्रतिभाशाली नेपालीहरुले नेपाल आर्मीको लागी उपयोगी हुने कुनै प्रविधिको विकास गर्न चाहेमा राष्ट्रिय आविष्कारसँग सहकार्य गर्ने उनले जानकारी दिएका थिए ।
