“शारीरीक रुपमा अपाङ्गता भएपनि स्वावलम्बन बन्ने हो भने कम्जोरी महसुस हुँदैन”

पुस १५, विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेको सामाग्रिहरुको प्रदर्शनी गत पुस १२ गते सम्पन्न भएको छ ।   

सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश नम्बर १ को संयुक्त आयोजनामा विराटनगरमा भएको २ दिने प्रदर्शनीमा चुरा पोते, मुडा, झोला, सल्लाको पातबाट बनाएका विभिन्न सामाग्रिहरु लगायतका १५ वटा स्टल राखिएका थियो ।   

भने, घरायसी प्रयोगमा आउने ब्राइट इलामेली नाम दिएको हार्पिक, भाँडा धुने लिकुइड सोप जस्ता सामाग्रिहरु पनि प्रदर्शनीमा राखिएको थियो । ४५ रुपैँया देखि सय रुपैँया सम्मको रहेको उक्त सामाग्रि प्रदर्शनीका लागि स्टलमा राखेका थिए । जुन स्थानिय स्तरमा उत्पादन भएका सामाग्रिहरु हुन् ।   

झापासँगको सिमानामा रहेको ईलाम जिल्लाको रोम गाँउपालिका ५ का रमेश बराल दृष्टिविहिन छन् । बराल भन्छन् “शारीरीक रुपमा अपाङ्गता भए पनि आफु स्वावलम्बन बन्न र दक्ष बन्ने हो भने त्यो शरीरमा भएका कमिकम्जोरी महसुस नहुने रहेछ ।”   

इलामबाट तालिम लिएर उद्योग संचालन गरेको बताए । बरालले सँगै तालिम लिएको साथिभईहरुको तुलना गर्दा आफुले धेरै नै उपलब्धी साथै उत्पादन भएका सामाग्रिहरु बजारमा वितरण गर्न सकेको बताउछन् । उनले स्टलमा प्रदर्शनीमा राखेका चर्पी सफा गर्ने हार्पिक, भाँडा धुने लिकुइड सप आफैँ उत्पादन गरेको बताए । करुणा फाउण्डेसन ईलाम र इलाम नेत्रहिन संघको सहकार्यमा तालिम लिएसँगै उक्त तालिमबाट प्राप्त गरेको ज्ञानलाई व्यवसायीकरुपमा थालनी गरेको उनले बताए ।   

उनी भन्छन् “तालिम लिए पश्चात तालिमा मात्र सिमित राख्नु उपलब्धी हासिल नहुने भएकाले विगत एक वर्ष अगाडिदेखि हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमको पुँजीबाट रिण लिएर काम थालेको छु, यहि कामबाट मनग्गे आम्दानी भएको र श्रीमती छोरी आफुगरी तीन जनाको परिवार पालिएका छौ ।” 

यो उद्योग थाल्नु भन्दा अगाडी जुत्ता चपलको पसल भए पनि खासै राम्रो कमाइ नभएको बताउने बरालले एक वर्षमा १ लाख ५० हजार कमाई गरेर पनि रिण चुक्ता गरेको बताउछन् । सरकारले पनि स्थानिय उत्पादनलाई व्यवसायीक रुपमा वृद्धि गर्नका निमित्त आर्थिक अनुदान दिएदेखि, साथै देशैभरीको बजारमा वितरण गर्न सके केहि मद्दत मिल्ने र स्थानिय उत्पादनले देशको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =