सरकार छाड्दै उपेन्द्र यादव

२०७६ पुस ८ गते

पुष ८, काठमाडौँ । सत्ता साझेदार पार्टी समाजवादी नेपालले सरकार छाड्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि समाजवादीले सरकार छाड्ने भएको छ।
समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित कानुन न्याय तथा संसदीय मामिला र महोमद इस्तियाक राई सहरी विकास मन्त्री रहेका छन् ।
यादवले सरकार छाड्ने निर्णय आजै विज्ञप्तिमार्फत सार्वजनिक गर्ने र भोलि पदाधिकारी बैठक बसेर औपचारिक निर्णय गर्ने श्रोतले बतायो । तर केही नेता भने यादवलाई आवेशमा आएर सरकारबाट नबाहिरिन आग्रह गरेका छन्।

२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित