होटलमै पुगेर प्रचण्डले बंगलादेशी राष्ट्रपतिलाई भेटे

कार्तिक २७, काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई भेटेका छन् । 

बुधबार बिहान  राष्ट्रपति हमिद बसेकै होटल म्यारियटमा पुगेर ‘प्रचण्ड’ले राजनीतिक भेटवार्ता गरेका हुन् । 

प्रचण्डको सचिवालयका अनुसार उक्त  भेटवार्तामा राष्ट्रपति हमिदसँग प्रचण्डले दुई देशको आपसी हितका विषयमा कुरा गरेका छन् ।  चारदिने नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले बुधबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासाग भेटवार्ता गरेको बताईएको छ ।   

Image may contain: 4 people, people smiling, people standing and suit

प्रचण्डसँगको भेटवार्तापछी  राष्ट्रपति हमिदको २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको बताईएको छ ।  

राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणा नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद त्यसपछी भने दिउँसो ४ः३० मा राष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास शितलनिवास जाने कायक्रम रहेको छ ।   

राष्ट्रपति भण्डारीसँग भेटवार्ता पछि राष्ट्रपति हमिद साँझ  ६ः३० बजे उनकै स्वागतमा  राष्ट्रपति भण्डारीले आयोजना गरेको  रात्रिभोजमा सहभागी हुन  दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जाने बताईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =