विराटनगरमा जेसीज सप्ताह सुरू

कार्तिक २४, विराटनगर । प्रत्येक वर्ष झैँ विराटनगर जेसीजले यो वर्ष पनि जेसीज सप्ताह सुरु गरेको छ । शनिबार देखि सुरु भएको उक्त कार्यक्रममा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोटरसाइकल र्याली निकालिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर १ का उद्योग, पर्यटक वन तथा वातावरण मन्त्री जगदीश कुसियतले सबैको साथ सहयोगले भ्रमण वर्ष २०२० लाई सफल बनाउनुपर्नेमा जोड दिए । सरकारले अपेक्षा गरेको भन्दा बढी पर्यटक भित्र्याएर भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको साथ सहयोगको खाँचो रहेको उनले बताए ।
विराटनगरबाट आरम्भ भएको उक्त र्याली नेपालको पर्यटकीय स्थल भेडेटारमा पुगेर अन्त्य भएको थियो । नेपाल सरकारले भ्रमण वर्ष २०२० मा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको अवस्थामा विराटनगर जेसीसले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जेसीस सप्ताह अन्तर्गत यस्ता खाल्का कार्यक्रमको आयोजना गरिएको विराटनगर जेसिसका अध्यक्ष सेवक बजगाईँले बताए ।

विराटनगर जेसीजले विराटनगरको विरेन्द्र सभा गृह हल छेउमा रहेको इकोफन पार्कमा प्रदेशभरीको पर्यटकीय क्षेत्रका बारेमा जानकारी मुलक स्टल राखिएको र प्रदेशभरी रहेका पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पुर्याउने उद्देश्यले विराटनगरमा स्टल राखिएको बजगाईँले जानकारी दिए ।
शनिबारदेखि आरम्भ भएको उक्त कार्यक्रम कार्तिक २९ गते समापन हुनेछ ।








