प्रेमजोडीलाई अश्लील क्रियाकलाप गर्न लगाई ५ लाख असुल्न खोज्नेमाथि गोली प्रहार

कार्तिक २५, बुटवल । एक प्रेमजोडीलाई जङ्गलमा अश्लील क्रियाकलाप गर्न लगाई ५ लाख रकम असुल्न खोज्ने एक समूहलाई प्रहरीे गोली हानी पक्राउ गरेको छ ।
घुम्न गएर फर्केका प्रेमजोडीलाई जंगलमा जबरजस्ती अश्लील क्रियाकलाप गर्न लगाई भिडियो बनाएर तर्साइ, धम्काउई ५ लाख फरौती रकम असुल्न खोज्ने उक्त समूहलाई प्रहरीले नियन्त्रणमा लिन गोली प्रहार गर्नु परेको हो ।
दाङको तुलसीपुरभन्दा १२ किलोमिटर भित्र जङ्गलमा घटेको उक्त घटनामा फिरौती बापत ती प्रेमजोडीलाई मागेको ५ लाख रकम बुझाउने क्रममा प्रहरीले तुलसीपुर–३ खमारीको जङगलमा २ राउन्ड गोली प्रहार गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर–३ खमारीका १९ वर्षीय विमल वली, १९ वर्षीय नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्री रहेका छन । यस घटनामा संलग्न ईश्वर पुन र अर्जुन पुन फरार भने फरार रहेको र उनीको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।








