बिनिता र सुरज बने सेलिब्रेटी दौड प्रतियोगिताका विजयी

मंसिर १, काठमडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण वर्ष २०२० लाई प्रवरेदेधन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले चलचित्र कलाकार, मोडल,  र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) सम्पन्न भएको छ । 

प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित  र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन् । त्यसैगरी महिला तर्फ नायिका पवित्रा आचार्य फर्स्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप बनेका थिए भने पुरुष तर्फ फर्स्ट रनरअप धनु ज्ञान्मी र सेकेण्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका छन् । प्रतियोगिताका बिजेताहरुलाई नगद रु. ५०,०००, ३२,०००, र २०,००० सहित ट्रफी र मेडल प्रदान गरिएको थियो । 

नेपाल चलचित्र कलाकार संघका कार्यवहाक अध्यक्ष सानु ताम्राकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व गृहमन्त्री जनार्दन शर्मा, विशेष अतिथिहरुमा बरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, दिपक निरौलालगायतका व्यक्तित्वहरु रहेको थिए।   

सोहि अवसरमा बरिष्ट गायक तथा समाजसेवी जगत मर्दन थापा, बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, चलचित्रकर्मी नरेन्द्र खड्का, बरिष्ट हास्य अभिनेत्री लक्ष्मी गिरि, बरिष्ट कलाकार मदनदाश श्रेष्ठ, चलचित्र कलाकार जय श्रेष्ठ, चलचित्र कलाकार टिका पहारी, कलाकार लक्ष्मण बस्नेत, बरिष्ट चलचित्रकर्मी हरिहर शर्मा,  महिला उद्धमी लक्ष्मी शर्मा, बरिष्ट चलचित्रकर्मी स्मारिका श्रेष्ठ  र  बरिष्ट बालरोग बिसेषज्ञ डा.शान्त चन्द्र शाक्यलाई सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले चलचित्र कलाकार संघले पछिल्लो समय कलाकारहरुको हकहितको लागि आवाज उठाउँदै आएको र सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएको बताए ।   

अहिले भारतले नेपालमाथि गरेको हस्तक्षेप तथा सीमा बिबादलाई तुरुन्त कुटनीतिक पहल गर्नु पर्ने सम्पूर्ण कलाकारहरुको माग रहेको बताए । आयोजक संस्था कान्ति सास्कृतिक केन्द्रका अध्यक्ष चन्दन ढकालले कार्यक्रमलाइ भब्य रुपमा सफल गराउन महत्वपुर्ण भूमिका निर्बाह गर्ने कलाकार, मोडल तथा गायक गायिकाहरुलाई धन्यबाद दिए । 

उक्त अवसरमा कलाकार संघका उपाध्यक्ष मोहन निरौला, सदस्यहरु नायिका आंचल शर्मा. गोपाल ढकाल छन्दे, रामेश्वर बुर्लाकोटी, गीता नेपाल, धर्मेन्द्र आचार्य, पवन खतिवडा, सितल केसी, जय किशन बस्नेत, गायक सिताराम पोखरेल, मोडल अनिता गिरि, हास्यकलाकार महादेव त्रिपाठी, कलाकार राजु शाही, कलाकार नारायण प्रधान, मोडल रिया श्रेष्ठ, कलाकार तथा निर्मात्री सावित्रा चिलुवाललगायतका कलाकार मोडलहरुको उपस्थिति रहेको थियो ।   

कलाकार गोपाल ढकाल छन्दे, राजेश महर्जन, नायक राजेश हमाल र कलाकार रामेश्वर बुर्लाकोटीको संयोजकत्व र हरिशरण लामिछानेले संचालन गरेको कार्यक्रमलाइ रिभेल इभेन्ट्सले ब्यबस्थापन गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *