ठगीका आरोपित राज्यमन्त्रीले दिए राजीनामा

कार्तिक २४, काठमाडौँ । ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

आईतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र  दिएको रावलका स्कीय सचिव रविन्द्र सुनारले जानकारी दिए । 

ठगी किर्ते मुद्धा परेपछी फरार रहेका उनलाई  गत साउनमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा ठगी र किर्ते मुद्दा दर्ता गरेकाे थियो । 

Image result for सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल

जनज्योति एजुकेसन फाउण्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको आरोप  रावल सहित ३६ जनाविरुद्ध मुद्दा दर्ता  भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *