नागढुङ्गाबाट १६ किलो चरेससहित दुई जना पक्राउ


मंसिर १३, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा चेकजांच गर्ने क्रममा छुट्टा छुट्टै यात्रुबाहक बसबाट दुई जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले धादिङबाट काठमाडौँ आउँदै गरेको बा.३ ख ८३८५ न.को यात्रु बाहक बसबाट मकवानपुर थाहा न.पा.वडा नम्बर २ पालुङ बस्ने वर्ष ५१ को प्रताप मोक्तानले लुकाई छिपाई ल्याउँदै गरेको लागू औषध चरेस १४ किलो ५२० ग्राम सहित पक्राउ गरेको बताए ।
त्यस्तै धादिङबाट काठमाण्डौ आउँदै गरेको ना.१ ज ५५८२ न.को टाटा सुमो गाडीमा चेकजांच गर्ने क्रममा सोही गाडीमा यात्रा गरी आएका थाहा न.पा.वडा न. ७ घर भएका वर्ष ९ का सन्तोष खत्रीले झोलाभित्र लुकाई छिपाइ ल्याउँदै गरेको लागू औषध चरेश १ किलो ९६० ग्रामसहित नियन्त्रणमा लिएको एसपी सिंहले बताए ।
null
