ठमेलको नाइटक्लबमा पूर्व राजा ज्ञानेन्द्र र बुहारी हिमानीको डान्स (हेर्नुहोस् भिडियो)
२०७६ मंसिर २ गते

मंसिर २, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी बुहारी हिमानी शाह ठमेलस्थित एक नाइटक्लब पुगेर रमाइलो गरेका छन् । शनिबार राति ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लब पुगेका हुन् । पारिवारिक सदस्यसहित त्यहाँ पुगेका उनीहरुले क्लबमा आएका अन्य युवावतिहरुसँगै नाचेर रमाइलो गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र र हिमानी ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नाचेपछि युवायुवतिहरु निक्कै रमाएका थिए । ज्ञानेन्द्रले आफूले लगाएको कोट फुकालेर हल्लाउँदै नाचेपछि क्लबको माहोल समेत निक्कै तातिएको थिायो । क्लब पुगेका युवतिहरु पनि पूर्वराजा ज्ञानेन्द्रसँग नाच्नका लागि निक्कै तछाडमछाड गरेको दखिन्थ्यायो ।
नाचेपछि युवतिहरुले शाहसँग सेल्फी समेत खिच्न भ्याए । हेर्नुहोस् भिडियोः

https://youtube.com/watch?v=QIMWBCSOwYw%26nbsp%3B
२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








