यौन इच्छा बढाउन चाहनुहुन्छ भान्सामै छन् है उपाय

गाँस बास कपास जस्तै उमेर पुगेकाहरूलाइ चाहिन्छ यौन । तर, हाम्रो समाजमा अझैपनि यौनलाइ बन्द कोठा भित्र सन्तानउत्पादनका लागि गरिने कृयाकलापका रूपमा मात्र हेरिन्छ । जसरी हामी साँझ विहान खाना खान्छौ, बयस्क ब्यक्तिले आवश्यक्ता अनुसार आफ्नो शारिरीक आवश्यक्ता पुरा गर्नु पर्छ । यौन चाहनालाइ लुकाएर राख्दा त्यसले शारिरीक, मानसिक र सामाजिक समस्याहरू पैदा गर्दछ । त्यस कारण सबै प्रकारले स्वस्थ मानिसले यौन चाहना राख्नु नाजायज हैन । मात्र त्यसलाइ सहि रूपमा ब्यवस्थापन गर्न जान्नु पर्दछ ।   

कतिपय उमेर पुगेका अथवा भर्खर विवाह भएका जोडीलाइ पनि यौन चाहना नहुन सक्छ । एउटा १८ वर्षको युवालाइ यौनइच्छा नहुनु भनेको मानसिक वा शारिरिक समस्या छ भनेर बुझ्न पर्छ । हाम्रो खानपानले पनि यौनइच्छालाइ निर्धारण गर्छ । नियमित रूपमा केहि खानाहरू खाइयो भने त्यसले तपाइको यौन जिवन बलियो बनाउन सहयोग पुग्छ । तपाइलाइ आफ्नो यौन चाहनामा कमी भयो भन्ने लाग्यो भने तपाइको भान्सामा भएका चिजलाइ नियमित प्रयोग गर्नुस त्यसले केहि दिनमै सकारात्मक रिजल्ट दिन्छ । 

१. गोलभेंडा 

Image result for याैन

गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । 

२. पालुङगो 

पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ । 

३. भिन्डी 

भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ । 

४. प्याज 

प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ । 

५. ब्रोकाउली 

यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ । 

६. लसुन 

लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ । 

७. गाजर 

गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ । 

८. गान्टेमूला 

यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । 

यसका अलावा खानानमा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो,, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ । 

एजेन्सीकाे सहयाेगमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *