घरमा यी पाँच दोष भए टिक्दैन पैसा, क्याकटसले हटाउँछ तपाईंको दुर्भाग्य !

वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ ।   

घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । यसबाहेक फोहोर र गह्रुँगो सामान राख्नु अघि तपाईंले वास्तुशास्त्रका केही नियमका पालना गर्नुपर्छ । 

यस्ता छन् वास्तुदोषः 

Image result for घरमा टिक्दैन पैसा

– वास्तुमा उत्तर–पूर्वलाई धन आगमनको दिशा मानिन्छ । यो दिशामा गह्रुँगो सामान र फोहोर राख्दा धन आगमनमा हानी हुन्छ र घरमा पैसा टिक्न पाउँदैन । 

– उत्तर–पश्चिम दिशामा अँध्यारो हुनु हुँदैन । यो दिशाको सिधा सम्बन्ध पैसासँग हुन्छ । घरको यो कुनामा अँध्यारो हुँदा पैसा खर्च भइरहन्छ । 

– वास्तुका अनुसार दक्षिणलाई यमको दिशा मानिन्छ । यो दिशामा ढोका राख्नु हुँदैन र पैसा, गरगहनालगायतका आफ्ना सम्पत्ति केही पनि संचय गर्नु हुँदैन । 

– घरका मूलीको कोठा दक्षिण–पूर्व दिशामा नुहँदा घरमा आर्थिक समस्या आइरहन्छ । 

– उत्तर–पूर्व दिशामा किचन हुँदा घरको आर्थिक स्थिती गडबड हुन थाल्छ । यसका साथै घरका सदस्य बिरामी हुन्छन् र पैसा खर्च हुन थाल्छ । 

क्याकटसले हटाउँछ तपाईंको दुर्भाग्य 

वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्न निषेध गरिन्छ किनभने यसबारे निष्कासन हुने नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ ।   

यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा रोकावट आउँछ र भाग्यले साथ दिँदैन । तर यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ । यसका साथै तपाईंको घरको रोग र तनाव हटाएर दुर्भाग्यलाई आउनबाट जोगाउँछ । 

सफलतामा रोकावट आइरहेको छ भनेः 

घरको दक्षिण–पश्चिम दिशामा क्याकटस वा कुनै काँडा भएका बोट लगाइएको छ भने त्यसमा दुध र पानी हाल्नुपर्छ । यस्तो गर्दा तपाईंको सफलतामा आइरहेको रोकावट हटेर जान्छ । जागिर, व्यापार–व्यवसायको समस्या पनि टाढा हुन्छ । 

तनाव वा कुनै डर छ भनेः 

तनावमा हुनुहुन्छ भने साती सुत्नुअघि तामाको भाँडा वा कुनै लोटामा पानी भर्नुहोस् । बिहान कसैसँग कुरा नगरी उक्त पानी क्याकटसमा हाल्नुहोस् । यसले तपाईंको डर र तनाव समाप्त हुन्छ । 

घरमा झगडा वा रोग हुँदाः 

घरको सदस्यमा आपसी विवाद हुन्छ भने वा कोही न कोही बिरामी भइरहन्छन् भने तामाको भाँडामा पानी भरेर घरभरी घुमाउनुहोस् । पूर्वबाट सुरु गरेर क्लक वाइज दक्षिण, पश्चिम र उत्तरसम्म जानुहोस् । त्यसपछि घरभन्दा टाढा दक्षिण–पश्चिम दिशामा कुनै क्याकटसमा त्यो पानी हाल्नुहो् । यसो गर्दा घरको समस्या बिस्तारै हट्दै जान्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *