रौतहटको प्रहरी चौकीमा विस्फोट, प्रहरी जवान घाइते

कात्तिक २६, रौतहट । रौतहट स्थित एक प्रहरी चौकीमा विष्फोट भएको छ । रोतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो । 

विस्फोटमा परी एक प्रहरी जवान घाइते भएको जनाइएको छ । प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीका अनुसार घटनाबारे जानकारी आएपनि अहिलेसम्म पुष्टि भइनसकेको बताए ।   

घटना स्थल जिल्लाको सीमा क्षेत्रमा पर्छ । सञ्चार सेटमा सूचना आएकोले अन्य जानकारी लिने प्रयास भइरहेको प्रहरीको भनाई छ । घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *