भारतले नेपाली सिमा मिचेको बिरोधमा सत्तारुढ विद्यार्थीले पनि गरे प्रदर्शन

कार्तिक २२,काठमाडौँ । लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजे पछी शुक्रबार  सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि विरोध प्रदर्शन गरेका छन् । 

भारतले नेपाली भूभाग मिचेको भन्दै  काठमाडौं  लैनचौरस्थित भारतीय दूतावास अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।   

भारतले  सार्वजनिक गरेको आफ्नो नयाँ राजनितिक नक्सामा नेपाली भूभाग समेपछी यसको बिरोध गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थीले गो ब्याक इण्डिया, सीमा मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । 

 यस अघी नेपाल विद्यार्थी संघ (नेवि संघ) ले पनि भारतीय दूतावास अगाडी भारतको नयाँ नक्सा जलाउँदै विरोध प्रदर्शन गरेका थिए ।   

अनेरास्ववियूका विद्यार्थीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।  बिरोध प्रदर्शन भएपछी  सरकारले दूतावास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ। 

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक भारतीय क्षेत्रभित्र पारेपछी  नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आइरहेका छन् 

यसरी नेपाली भूभागलाई भारतले आफ्नो बनाउन खोजेपछी नेपारभर यसको बिरोध भईरहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *