‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ को टक्कर दुई बिदेशी फिल्मसँग

कार्तिक २९, काठमाडौँ । फ्राइडे रिलिजमा आजबाट देशभर २ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ ।
हरेक हप्ताको शुक्रबार नेपाली चलचित्र दुई वा तीन एकसाथ प्रदर्शनमा आईरहेको अवस्थामा यस हप्तामा भने नेपाली यी दुई चलचित्रले दुई बिदेशी चलचित्रसँग सामना गर्नु परेको छ ।
आजैबाट बलिउड चलचित्र ‘मरजावान’ प्रदर्शनमा आएको छ । जसमा कलाकार रितेश देशमुख, सिद्धार्थ मल्होत्रा, तारा सुतरीया र रकुल प्रीतको मुख्य अभिनय रहेको छ । त्यसैगरी आजैबाट प्रदर्शनमा आएको अर्को एक विदेशी चलचित्र हो हलिउडको ‘चार्लिज एन्जल्स’ । जसलाई एलिजाबेथ ब्यांसले निर्देशन गरेको यस चलचित्र कमेडीले भरिपूर्ण रहेको छ ।

सिंगल स्क्रिनमा शो पाएको यी दुई नेपाली चलचित्रले यी दुई विदेशी चलचित्रसँग कतिको बाजी मार्न सक्छन् त्यो त दर्शकको हातमा भर पर्छ ।
‘मिस्टर नेपाली’
गत आईतबार मात्र अमेरिकाको टेक्सासमा प्रिमियर शो गरिएको यस चलचित्रमा नायक तथा निर्देशक भुवन केसीको मुख्य भूमिका रहको छ । अमेरिकामा यस चलचित्र हेर्ने दर्शकले यसलाईलाई उत्कृष्ट रहेको टिप्पणी गरेका थिए । देव भुषालले निर्देशन गरेको यस चलचित्रमा केसीसँगै रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
राष्ट्रियता र प्रेमको कथामा आधारित राखेर बनाईएको यस चलचित्र सिंगल स्क्रिनसँगै मल्टिप्लेक्समा पनि अटाउन सफल भएको छ । निर्देशक भुसालकै लेखन तथा पटकथा रहेको चलचित्रलाई नीरज कँडेलले खिचेका हुन्।
‘सम्हाली राख है’
कलाकार शीतल केसीको मुख्य भूमिका रहेको ‘सम्हाली राख है’लाई तारा शंकरको निर्देशन गरेका हुन् । चलचित्रमा शीतलसँगै अर्जुन कुवँर, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, आरएल लामा, शंकर कार्कीलगायत कलाकारको भूमिका रहेको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा ताराशंकर फिल्मस् प्रालीको ब्यानरमामा तयार पारिएको हो । हरिकृष्ण महर्जनको निर्माण रहेको यस चलचित्रमा श्यामकृष्ण महर्जन सह निर्माता रहेका छन् ।








