बाघको आक्रमणबाट कर्मचारीको मृत्यु

  

कार्तिक १९ बर्दिया ।  बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । 

निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए । 

Image result for बाघको आक्रमणबाट कर्मचारीको मृत्यु

थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत रहेका थिए । हात्ती लिएर जङ्गल पस्नुभएका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले  आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *