क्यानको अध्यक्षमा नवराज कुँवर विजयी

मंसिर ७, काठमाडौं । कम्प्युटर एशोसिएसन (क्यान) महासंघको निर्वाचनमा नवराज कुँवर विजयी भएका छन् । आज भएको क्यानको १३ औं अधिवेशनबाट नवराज कुँवर विजयी भएका हुन् । उनले एक मात्र अध्यक्षका प्रतिष्पर्धी सुनैना पाण्डेलाई करिब १३प्रतिशत मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।  कुुंंवरले ५६.१० प्रतिशत मत हासिल गरे । पान्डेले ४३.९० प्रतिशत मत ल्याइँन ।  

क्यानको निर्वाचनमा मोफसलबाट पहिलो पटक कुँवरले नेतृत्व गर्ने अवसर पाएका छन् । क्यानलाई महासंघको अवधारणामा लैजान कुँवरको योगदान अतुलनीय भएकोले उनका पक्षमा बहुमत सदस्यहरुले मतदान गरेका थिए । कुँवरलाई मोफसल र राजधानीका सदस्यहरुले मतदान गरेका थिए ।   

सुचना र प्रविधिको क्षेत्रमा काम गर्न योग्य ब्यक्ति भनेकै नवराज कुँवर भएको भन्दै अधिकांश सदस्य कुँवरको पक्षमा थिए ।  यस अघि कुँवर समुहबाट १४ जना निर्विरोध निर्वाचित भएपछि पाण्डे समुह आत्तिइसकेको थियो । 

क्यानको स्थापना कालदेखि नै सक्रिय रहेका कुँवरलाई राजधानीमा मात्र खुँम्चिएको क्यानलाई मोफसलसम्म पुर्याएको जस छ । नवराज कुँवरले क्यानलाई देशब्यापी बनाउन योगदान गरेपनि पाण्डे पक्षले क्यानलाई अगाडी बढाउन कुनै योगदान नगरेकोले अब क्यानलाई सबैको साझा बनाउन पनि विजयी गराइएको थियो ।   

क्यानको केन्द्रिय समितिको ४२ सदस्य मध्ये कुँवर समुहका १४ जना नै निर्विरोध निर्वाचित भएपछि पाण्डे समुह अत्तालिँदै ‘महिलालाई एक पटक अवसर दिनुपर्ने’ भन्दै सहानुभूति बटुल्न खोजिरहेका भएपनि सफल हुन सकेनन् । 

सरकारले सुचना र प्रविधिको क्षेत्रमा विशेष काम गर्ने योजना बनाइरहँदा निजी क्षेत्रलाई समेत समेटेर लैजाने वातावरण बनाउन योग्य र भिजन भएको नेतृत्व चाहिएको थियो । अब कुँवरले सरकारसँग सहकार्य गरेर अगाडी बढाउने समेत बताए ।   

‘महिलालाई एक पटक अवसर दिनुपर्ने’ भन्दै इमोशनल ब्ल्याकमेल गर्दै नेतृत्वमा आउन चाहनेसँग सुचना र प्रविधिको क्षेत्रमा राज्यले लिएको नीति अवलम्बन गर्न गराउन सक्ने क्षमता नभएकैले यस पटक कुँवरलाई जिताइएको क्यानका एक सदस्यले बताए ।   

उनी २५ वर्षदेखि सुचना र प्रविधिको क्षेत्रमा काम गर्ने इमान्दार ब्यवसायी तथा सुचना र प्रविधिका क्षेत्रको सफल लिडर हुन् । कुँवर पक्षसँग क्यानमा लामो समयदेखि काम गरेका, आइटी क्षेत्रमा लामो अनुभव हासिल गरेका बौद्धिक र युवाहरुको बाहुल्यता छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =