करियर ओरियन्टेड यूके सेमिनारमा एक हजार विद्यार्थीको सहभागिता, दुई सयलाई अन द स्पट अफर लेटर

मंसिर २, काठमाडौं । राजधानीको पुतलीसडकमा मुख्य कार्यालय रहेको राइटपाथ करियर काउन्सेलिङले यूके ग्राण्ड सेमिनार आयोजना गरेकोमा एक हजार भन्दा बढि विद्यार्थीले उत्साहजनक सहभागिता जनाए । जसमा दुईसय बढि विद्यार्थीले यूकेको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटि अफ हुडरसेफिल्डका आधिकारिक प्रतिनिधिबाट अन द स्पट अफर लेटर पनि पाए ।   

राइटपाथले यूके ग्राण्ड सेमिनार भनेपनि काठमाडौं, चितवन र हेटौंडामा तीन दिन चलेको सेमिनार भन्दापनि विद्यार्थीलाई करियर काउन्सेलिङ गर्ने थलो बनेको थियो ।   

सेमिनारमा सहभागी विद्यार्थीहरुले युनिभर्सिटि अफ हुडरसेफिल्डका प्रतिनिधिले विद्यार्थीको शैक्षिक, आर्थिक तथा मानसिक अवस्था हेरेर करियर काउन्सेलिङ गरेको बताए । ‘मैले यसअघि यूकेकै अर्को सेमिनार एटेन्ड गरेको थिएँ, जहाँ मलाई कलेजमै भर्ना हुनुपर्छ भनेर फोकस गरियो, मेरो शैक्षिक योग्यता, मेरो इन्ट्रेष्टलाई उनीहरुले खासै वास्ता गरेनन् ।’ एक विद्यार्थी भन्छन् ।   

Image may contain: 28 people, people smiling

यूके ग्राण्ड सेमिनारले यूकेको शैक्षिक अवस्था, विदेशी विद्यार्थीकालागि बनाइएका नयाँ नियम, सन् २०२० बाट लागू हुने कानुनी ब्यवस्था, त्यहाँका टप विश्वविद्यालयको शैक्षिक अवस्था, लागत तथा अवसरका बारेमा जानकारी पाएको बताए । सेमिनारमा विद्यार्थीलाई कलेजले दिने छात्रबृत्ति, यूके डिग्रीको फाइदा वेफाइदा मात्र हैन, अर्बोड स्टडीमा जाँदा अपनाउनु पर्ने सावधानीका बारेमा पनि अवगत गराइएको थियो ।   

पछिल्ला दिनमा कन्सल्टेन्सीहरुले विद्यार्थीलाई कसरी हुन्छ विदेश पठाउँ र कमिसन कमाउँ भन्ने ध्येय राखेका हुन्छन् । अझ कतिपयले गलत प्रक्रिया अपनाएर फेक डकुमेन्ट बनाई विद्यार्थीलाई गुमराहमा राखी गलत सुचना दिएका हुन्छन् । ‘कतिपय यस्ता ब्यक्तिहरु यो क्षेत्रमा छन्, जसको भिसा लागेको हुँदैन, उसैले विद्यार्थी विदेश पठाउँदा सजिलै पैसा कमाउन सकिँदो रहेछ भनेर कन्सल्टेन्सी खोलेका छन्, कतिले अरु कन्सल्टेन्सीमा काम गरेको भरमापनि कन्सल्टेन्सी खोलेका छन् तीबाट जोगिन र जेन्युन काउन्सेलिङ कसरी पाइन्छ भनेर देखाउन यो सेमिनार गरिएको हो ।’ राइटपाथका सिइओ फिलिप डिसी भन्छन् ।  

  

उनका अनुसार सेमिनारमा विद्यार्थीले यूकेको अन्तराष्ट्रिय शिक्षासँगै विद्यार्थीले अर्बोड स्टडीमा जानुपूर्व नै कन्सल्टेन्सी, काउन्सलर छनौटमा विषेश ध्यान दिनुपर्ने जानकारी दिइएको थियो । ‘यो सेमिनारबाट विद्यार्थीले यूकेको डिग्री, त्यहाँ पाइने अवसर र संभावनाका बारेमा मात्र जानकारी पाएनन्, नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सी र सर्टिफाइड काउन्सलरबाट परामर्श लिएको खण्डमा ठगिनबाट बच्न सकिन्छ भन्ने ज्ञान पनि पाएका छन् ।’ डिसी भन्छन् । 

उनले राइटपाथले कहिल्लै पनि विद्यार्थीलाई गलत इन्फरमेशन नदिएको जिकिर गरे । ‘हामी जेन्युन डकुमेन्ट, बलियो शैक्षिक योग्यता र पढ्छु भन्ने मानसिकता लिएका विद्यार्थीलाई मात्रै अर्बोड स्टडीमा जाऊ भन्छौं । जस्तो पायो त्यस्तो विद्यार्थी पठाएर पैसा कमाउनु छैन, हामी ब्राण्डका लागि काम गर्दैछौं ।’ डिसी भन्छन् । उनी १० वर्ष आफैं यूके अध्ययन गरेर आएका शैक्षिक परामर्श ब्यवसायी भएकोले यूकेको शिक्षा, त्यहाँको कानुन तथा अवसरका बारेमा परिचित छन् । 

दूई वर्ष अघि स्थापना भएको राइटपाथबाट अहिलेसम्म सयौं विद्यार्थी अर्बोड स्टडीमा गइसकेका छन् । राइटपाथले पछिल्ला दिनमा यूकेलाई विशेष फोकस गरिरहेको छ । यो वर्ष मात्रै राइटपाथबाट यूकेको भिसा लगाउन सफल विद्यार्थीको सख्या चार दर्जनको हाराहारीमा छ । अझै डेढ सयबढि विद्यार्थीहरुले भिसा अप्लाइ गरेका छन् ।   

राइटपाथले यूकेसँगै क्यानडा, अस्ट्रेलिया, न्यूजलेण्ड, यूरोप, जापान जस्ता विकसित तथा विश्वकै उत्कृष्ठ शैक्षिक प्रणाली भएका देशका प्रतिष्ठत विश्वविद्यालय र कलेजसँग काम गर्दछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =