‘बले’सहित २५ जुवाडेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने

कार्तिक २६, काठमाडौँ ।  जुवा खालबाट पक्राउ परेका बलराम सापकोटा ‘बले’सहित सबै २५ जनामाथी नै सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ ।   

तिहारका समयमा २ करोड ६७ लाख रकमसहित जुवा खालबाट पक्राउ परेका उनीहरु निकै हाइप्रोफाइल भएका व्यक्तिहरु हुन् । 

गत कात्तिक १० गते महाराजगन्जस्थित होटल साम्बलाको पछाडि रहेको एक घरबाट जुवा खेलिरहेको अवस्थामा  पक्राउ परेका थिए ।  उनीहरुलाई  सोमबार  धरौटीमा रिहा गरिए पनी सो लगत्तै प्रहरीले पुनः पक्राउ गरेको हो ।   

Image result for जुवाडे

महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने देखिएले पुनः पक्राउ गरिएको हो । 

पक्राउ परेका जुवाडेमा ठेकेदार पवनकुमार गुप्ता, उधोगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामालगायत थिए। कार्की र सापकोटा झापामा बनिरहेको पाँचतारे होटलका सञ्चालक पनि हुन्।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =