नेकपाको ६ वटा वडामा घरदैलो कार्यक्रम सकियो, तरुण दलका नेता सहित डेढ सय युवा नेकपामा प्रवेश

कार्तिक २५, धरान ।  आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाको तर्फबाट मेयर पदका उम्मेद्वार प्रकाश राईले धरानका ५ वटा वडाको घरदैलो सम्पन्न गरेका छन् ।  धरानको विकट वडाहरु ४, ५, ६ र २० सहित धरान ८ र १५ का जनताको घर दैलो सकेको निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक भीम राई ज्वालाले जानकारी दिए ।   

आइतबार धरान–१५ स्थित श्याम चोकबाट उम्मेदवार प्रकाश राईसहित घरदैलोमा निस्किएको नेकपाको घरदैलो अभियान विजय र्याली झै भएको स्थानीयले प्रतिक्रिया दिएका छन् । मेयरका प्रत्यासी राईले घरदैलोमा जनताले उठाएका माग र दिएका सुझावलाई आफ्नो प्रतिनीधि मार्फत नोट समेत गदैं आएका छन् ।   

जनभावना अनुसार स्व.मेयर तारा सुब्बाले तय गरेको सम्वृद्ध धरानको परिकल्पानालाई आफु साकार पार्न धरानको नेतृत्व गर्न चाहेको बताएका छन् । विकट वडाका स्थानीयवासीले नयाँ मेयरबाट सडक, विद्युत, सञ्चार सुविधा पुर्याउन सहयोग गर्न माग राखेका छन् । मेयरका प्रत्यासी राईले जनताले दिएको मतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।   

सोमबारसमेत धरान १५ मा घरदैलो अभियान जारी राख्ने १५ नं.वडास्तरीय निर्वाचन परिचालन कमिटीका संयोजक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । मेयरका प्रत्यासी राईले घरदैलोमा जनताले उठाएका माग र दिएका सुझावलाई आफ्नो प्रतिनीधि मार्फत नोट समेत गदैं आएका छन् ।  

यसैबीच नेकपाको चुनावी लहर संगै नेपाली कांग्रेस निकट तरुण दल धरान उपमहानगर समितीका सदस्य रहेका सुबास राईको नेतृत्वमा करिब १ सय ५० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपाका नेता मुक्साहाङ मेन्याङबो, आइन्द्र विक्रम वेघा, प्रकाश राई लगायतले अबिर लगाईदिदै पार्टीमा स्वागत गरेका थिए । 

संघले मंसिर १४ गते हुने निर्वाचनमा प्रत्येक बुथमा स्वयंसेवकको रुपमा २ हजार ८ सय २० जना युवाहरु परिचालन गर्ने घोषणा गरेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य हरि लिम्बुको अध्यक्षतामा भएको प्रशिक्षण भेलामा सांगितिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । 

युवाहरुलाई पार्टीको एतिहासिक कार्यभार र युवाको जिम्मेवारीका विषयमा प्रशिक्षणसमेत दिइएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *