इमर्जिङ टीम्स कपः बंगलादेशसँग हार्यो नेपाल

मंसिर २, काठमाडौँ । सोमबार एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार व्यर्होनु परेको छ ।
आज भएको खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग आठ विकेटले हार व्यर्होनु परेको हो । यस हारसँगै सेमी फाइनल पुग्ने नेपालको सपना लगभग चक्नाचुर भएको छ ।
नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरको हो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए थिए भने नैम शेखले ४५ रन बनाउन सफल भएका थिए ।

नेपालका करण केसी र सुशान भारीले १–१ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १३८ रन बनाएको थियो ।
ब्याटिङतर्फ सुरुवाती खेल नै कमाजोर प्रदर्शन गरेको नेपालले ३३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो भने ८५ रन पुग्दा थप ७ विकेट गुमायो । तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भएका थिए भने सोमपाल ३८ रनमा आउट भए ।








