माडीमा राष्ट्रिय प्रस्तरको मुर्ती कार्यशाला

कात्तिक २३, चितवन । चितवनको माडि नगरपालिमा रहेको धार्मिक पर्यटकिय स्थल सोमेश्वर गढीमा माडी राष्ट्रिय प्रस्तर मुर्ती कार्यशाला सुरु भएको छ । 

कार्यशालाको शनिबार उद्घाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले सोमेश्वरगढी चितवन जिल्लाकै गहनाको रुपमा स्थापित हुने दाबि गरे । उनले सोमेश्वर क्षेत्रमा प्रशस्त प्राकृतिक प्रस्तर रहेकोले प्रस्तरमा मुर्ति निर्माण गर्दा माडीमा पयर्टनको विकास हुने विश्वास व्यक्त गरे । 

माडी र सोमेश्वर गढी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व रहेकाले त्यसको विकासको लागि ९० करोड भन्दा बढीको गुरुयोजना तयार गरिएको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए । माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले मूर्तिकलाको माध्यमबाट नेपाली कलालाई अगाडी बढाउने अभियानमा आफुहरु लागिपरेको बताए ।   

१८ दिन सम्म चल्ने कार्यशालामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुले सोमेश्वरगढी क्षेत्रमा प्रस्तर मुर्ती निर्माण गर्ने छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *