काठमाडौँको साँखुबाट लागूऔषध कारोबारी पक्राउ
२०७६ मंसिर ६ गते

मंसिर ६, काठमाडौँ । बिशेष सूचनाको अधारमा प्रहरीले काठमाडौँको साँखुबाट लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बेतिया घर बताउने राकेश शाह रहेको साँखु प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिएका छन् । गोप्य सूचना पाएका प्रहरीले बा९६प ९८५३ नम्बर को उनको बाईक साँखु इन्द्रेणी चोकमा रोक्न खोज्दा नरोकपछी पिछा गर्दै उनलाई माकलवारीबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका शाहका साथबाट करिब १ किलो लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल शाहमाथी अनुसन्धान सुरु गरिएको छ ।

२०७६ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








