रौतहट बम काण्डः अफताब आलमका भाई भारतीय नेताको शरणमा

मंसिर ११, काठमाडौँ । रौतहटको राजपुरमा करिब १२ वर्षअघि भएको बम विस्फोट र विस्फोटका क्रममा भएका घाइतेहरुको हत्यामा पूर्व सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम र उनका भाई मोहम्मद मोहताब आलम संलग्न भएको आरोपमा मुद्दा चलिरहेको छ ।
अनुसन्धानका लागि दाई अफताब आलम हिरासतमा छन् भने भाई मोहताब आलम फरार रहेको भन्दै प्रहरीले खोजी गरिरहेको छ । तर, भाई मोहताब आलम भारतीय एक राजनीतिज्ञको घरमा शरण लिएर बसेको भन्ने खुलासा भएको छ ।
स्रोतका अनुसार उनी भारतको बिहारमा एक राजनीतिज्ञको घरमा शरण लिएर बसेका छन् । गत कात्तिक २६ गते रौतहटको इशनाथ नगरपालिका ४ स्थित एक प्रहरी चौकी मठियामा प्रहरीलाई लक्षित गरि भएको सुतली बम प्रहारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
null
दाई अफताब पक्राउ परे लगत्तै उनी त्यसतर्फ लागेको प्रहरीको उच्च श्रोतले जनाएको छ । बीआर ०५ एच ६५०९ नम्बरको भारतीय मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले प्रहरी चौकीमा सुतली बम प्रहार गरी भागेका थिए । भाग्ने क्रममा नै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो भने एक जना अझै फरार छ ।
उनीहरु भारतीय नम्बरकै मोटरसाइकलमा आएका थिए । पक्राउ परेका बिहार राज्यको ढाका घर भएका २५ वर्षीय चन्दन कुमारले आलमका भाई विहारकै एक राजनीतिज्ञको घरमा शरण लिएर बसेको र आफूलाई पनि तीनै राजनीतिज्ञले प्रहयोग गरेको खुलासा गरेका हुन् ।
उनकै निर्देशनमा बर्दिवाला प्रहरीको हत्या गरि त्रास सिर्जना गर्ने उद्देश्यले चन्दन कुमारलाई प्रयोग गरिएको प्रहरीको आशंका रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । बम विस्फोट काण्डमा अफताव आलमले भाइलाई घाइतेहरुलाई लट्याउने सुई लगाउन लगाई हत्या गरेको आरोप छ ।








