‘संवैधानिक परिषद्लाई कठपुतली बनाएको छ’ : देउवा

मंसिर ६, पोखरा । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन् ।   

आज  पोखरामा आयोजित कार्यक्रममा बाेल्ने क्रममा सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाउँदै चर्को आलोचना गरेका हुन् ।  उनले सबै स्थानमा आफ्ना मान्छेहरु मात्र  राखेर सरकार अघि बढेको बताउँदै  संवैधानिक परिषद्लाई सरकारले कठपुतली बनाउन खोजेको आरोप लगाएका छन् ।    

उनले भने ‘संवैधानिक परिषद्लाई कठपुतली बनाएको छ, सबै ठाउँमा आफ्ना मान्छेहरु नियुक्ति गरेको छ’ देउवाले भने,‘अख्तियारलाई पनि शाही आयोग बनाउँदैछ ।’ 

Image result for शेरबहादुर देउवा

नेपाल बार एशोसिएसनको चुनाव आफ्नै कारण हारेको भन्दै उनले असन्तुष्टि जनाउँदै स्वतन्त्र न्यायालय भयो भने सरकारले गलत गरेपनि ठीक गर्न सकिने धारणा व्यक्त गरे । सरकारले गरेका गलतका कामका विरुद्ध सडक र सदनमा लड्ने बताउँदै सरकारका गलत काम र क्रियाकलापलाई आफूले नियाँली रहेकाे बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =